विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखा जिल्लाको विगु गाउँपालिकामा निर्माणाधीन २० मेगावाटको साँगु खोला जलविद्युत आयोजनाको डिजाइन परिवर्तन हुने भएको छ । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको आयोजनाको डिजाइन परिवर्तन गर्न लागिएको हो ।

आयोजनाको हेडरेस सुरुङको सट्टा हेडरेस पाइप निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसका लागि पुनःपुरक वातावरणीय प्रभाव मुल्याङकन भइरहेको छ ।

मुल्याङकन प्रतिवेदन तयारीको क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, जैविक, प्राकृतिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग राय/ सुझाव मागेको छ । असरबारे सम्बन्धित सरोकारवालालाई अबको एक साताभित्र आइपुग्ने गरी राय सुझाव पठाउन भनिएको हो ।

साँगु खोला–१ जलविद्युत आयोजनाको टेलरेसबाट निस्केको पानी यस आयोजनाको हेडपोन्डमा पाइपबाट लगिनेछ । यस्तैगरी, आयोजनाको बाँध पेगु खोलामा र साँगु खोलाको संगमबाट ६० मिटर माथि निर्माण गरीनेछ ।

बाँधमा जम्मा भएको पानि करिब ४.५ किलोमिटर लामो हेडरेस र १.४५ किलोमिटर पेनस्टक पाइपमार्फत  विद्युत गृहमा खसाली विद्युत उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ६ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको सिंगटी सबस्टेसनमा जोडिनेछ ।

कम्पनी यसअघि २०७५ चैत्रमा नै वातावरण मन्त्रालयबाट स्वीकृत पाएको थियो । साथै, विद्युत विकास विभागबाट २०७६ मंसिरमा उत्पादन अनुमति लिई आयोजनाको निर्माणको काम अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit