काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण सार्वजानिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको विवरण अनुसार करिब साढे २ लाख घाटामा रहेको विवरणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ घाटामा रहेको कम्पनीले गत आवमा ३८ लाख ३२ हजार २ सय ७४ रुपैयाँ घाटा घटाएको हाे ।
वित्तिय विवरण अनुसार कम्पनीको घाटा गत आव २०७८/७९ मा २ लाख ४३ हजार ६० रुपैयाँ रहेको छ ।
सिन्धुपाल्चोकको बलेफी खोलामा २३.५२ मेगावाटको बलेफी जलविद्युत आयोजना र सोही खोलामा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको परिक्षण भइरहेको छ ।