काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै समस्या आए प्रादेशिक कार्यालयका प्रमुखहरूलाई सिधै सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । देशका विभिन्न स्थानमा अत्यधिक गर्मी, हावाहुरी, र वर्षा जस्ता प्रतिकूल मौसमका साथै प्राविधिक कारणले बेला–बेलामा विद्युत् आपूर्तिमा अवरोध देखिन थालेपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
विद्युत् सेवामा कुनै समस्या आए, दुर्घटना वा कुनै गुनासो भए सेवाग्राहीले प्राको हटलाइन फोन नम्बर ११५० मा सिधै सम्पर्क गर्न पनि सकिने जनाएको छ । साथै, समस्याको तत्काल सम्बोधनका लागि प्राधिकरणले विभिन्न प्रादेशिक कार्यालय तथा डिभिजन कार्यालयका प्रमुखहरूको सिधै सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।
भरपर्दो र सुरक्षित विद्युत् सेवा प्रदान गर्नु आफ्नो प्रमुख दायित्व भएको भन्दै प्राधिकरणले विद्युत् प्रणालीको सुदृढीकरण र गुणस्तर अभिवृद्धिका कार्यहरू निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ । सेवाग्राहीले आ–आफ्नो क्षेत्रको वितरण केन्द्र र ‘नो लाइट’को नम्बरहरू प्राधिकरणको आधिकारिक वेबसाइटबाट समेत प्राप्त गर्न सक्ने उल्लेख गरेको छ । सूचना प्राप्त हुनासाथ तत्काल समस्या समाधान गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइसकेको समेत प्राधिकरणले जनाएको छ ।
सार्वजनिक गरिएका प्रादेशिक कार्यालयका प्रमुखहरूको सम्पर्क नम्बर :