विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २४ करोड कित्ता साधारण सेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरेको छ । प्राधिकरणले प्रिमियम मूल्यमा ६० अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गरेको हो ।

चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशतले हुन आउने रकममा त्यती नै बराबरको प्रिमियम थप गरी ६० अर्ब रुपैयाँको आइपिओ निष्कासन गर्ने तयारी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यती नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘इक्रा नेपाल लिमिटेडबाट संस्थाको क्रेडिट रेटिङ ‘डबल ए प्लस’ प्राप्त भइसकेको छ, क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ,’ उनले भने, ‘अब, सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछौँ ।’

तेस्रो वित्तीय पुनसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४९ बमोजिम सेयर निष्कासन गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकेकोले अनुमति पाएलगत्तै सेयर निष्कासन प्रक्रिया अघि बढाउने पनि घिसिङले बताए ।

डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको हुन्छ ।

इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३