विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पछिल्लो ५ महिनाको अवधिमा देशको विभिन्न ठाउँमा पहिचान भएका ३४९.७९ मेगावाटका आयोजनाले अध्ययन अनुमति पाएका छन् । निजी ऊर्जा उत्पादकहरूले पहिचान गरेको उक्त मेगावाटका १० आयोजनाले अध्ययन अनुमति पाएका हुन् । 

२०७९ माघ देखि २०८० जेठसम्ममा ३४९.७९ मेगावाटका १० आयोजनालाई अध्ययन अनुमति दिएको विद्युत विकास विभागले जनाएको छ । विभागले ३ मेगावाटदेखि १०० मेगावाटसम्मका आयोजनालाई अनुमित दिइएको हो । 

अध्ययन अनुमति पाएको आयोजनामध्ये सबै भन्दा ठुलो १०० मेगावाटको जिल्ली चुम्ली खोला जलविद्युत आयोजना रहेको छ । सक्क्षम हाइड्रो पावर लिमिटेडले कालिकोटमा पहिचान गरेको आयोजनाले २०८० जेठ ४ गते अनुमति पाएको थियो । 

यसैगरी, ७५ मेगावाटको त्रिशूली गल्छी आयोजनाले पनि अध्ययन अनुमति पाएको छ । अपि पावर कम्पनी लिमिटेडले पहिचान गरेको उक्त आयोजनाले २०७९ चैत १२ गते अनुमति पाएको थियो । तपोवान हाइड्रो पावर प्रालिले बझाङमा पहिचान गरेको ७२ मेगावाटको तपोवान सेती (पिआरओआर) आयोजनाले पनि २०८० बैशाख ९ गते अध्ययन अनुमति पाएको छ । 

५२ मेगावाटका माकाली सेती, ९.८ मेगावाटको लुजा खोला क्यास्केड, ९.५ मेगावाटको तल्लो लिखु क्यास्केड, ८ मेगावाटको तल्ले इङवा खोला, ४.९९ मेगावाटको लापा खोला र ३.५ मेगावाटको फेदी खोला जलविद्युत आयोजनाले अध्ययन अनुमति पाएको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit