विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आयातित विद्युतलाई भरपर्दो र गुणस्तरीय पूर्वाधारमार्फत भित्र्याउने उद्देश्यले अगाडि बढाइएको मैनहिया–सम्पतीया १३२ केभी डबल सर्किट सीमापार प्रसारण लाइनको काम आगामी दुई वर्षभित्र पूरा गरिने भएको छ ।

रुपन्देहीको सियारी गाउँपालिका नजिक निर्माणाधीन मैनहिया सबस्टेसनदेखि भारत उत्तर प्रदेश राज्यको महाराजगन्ज सम्पतीया नौतनवा सबस्टेसनसम्म जोड्ने लाइनको निर्माण अगाडि बढाइएको छ । उक्त लाइनका लागि अनुमतिपत्र लिन नेपाल विद्युत् प्राधिकरणले विद्युत विकास विभागमा आवेदन दिएको छ ।

मैनहियामा निर्माणाधीन सबस्टेसनसमा दुई वटा ‘वे’ विस्तार गरी मायादेवी गाउँपालिकाको शुकरौली, अखलगौवा, कमरीया, रामावापुर, सेमरानी, कोटहीमाई गाउँपालिकाको सानोपकडी, गोनहिया, छपिया, समरीमाई गाउँपालिकाको लोदापूर्वा, भैसागहन, रामनगर पश्चिम, हिडुली, दयानगर हुँदै मर्चावार गाउँपालिकाको सुपरहवा, सनहिडीया र देवानगडगियासम्म लाइन निर्माण हुनेछ ।

२७.५३ किलोमिटर लामो लाइनमा ९२ वटा स्टिलको टावर निर्माण गरिने उक्त क्षेत्रमा एकदेखि अर्को टावरसम्मको सरदर दूरी ३३० मिटर लामो कायम गरिनेछ । टावरको औसत उचाई ३२ मिटर लामो हुनेछ । प्रसारण लाइनको निर्माण पूरा भएपछि त्यहाँबाट भएपछि २ सय मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३