विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
५० प्रतिशत क्षेत्र विद्युतको पहुँचभन्दा बाहिर

काठमाडौं । मौसम बदली भई शुक्रबारदेखि आएको हावाहुरीसँगैको वर्षाले प्रसारण तथा वितरण लाइनको संरचनामा क्षति पुर्याउँदा चितवनको विद्युत आपूर्तिमा समस्या देखिएको छ । हावाहुरीले विभिन्न स्थानमा संरचनामा क्षति पुर्याउँदा आपूर्तिमा समस्या आएको हो ।

वितरण प्रणालीमा समस्या आउँदा चितवनको ५० प्रतिशत क्षेत्र विद्युतको पहुँच बाहिर रहेको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजिव सिंहले बताए । ‘शुक्रबार रातीको हावाहुरी र वर्षाले धेरै ठाउँमा पोल ढल्ने, तार चुँडिने जस्ता समस्या आएर लाइन अवरुद्ध भएको थियो’, उनले भने, ‘शनिबारसम्म धेरै ठाउँको आपूर्ति सुचारु भइसकेको थियो । शनिबार रातीदेखि आएको वर्षा र हावाहुरीले फेरी विभिन्न ठाउँमा समस्या देखिएको छ ।’

वर्षा र हावाहुरीले केन्द्र अन्तर्गतको १०० थान बढी पोल र २ वटा ट्रान्सफर्मर पोष्टमा क्षति पुर्याएको छ । क्षति पुगेको पोलमध्ये १५\२० वटामा सामान्य क्षति पुगेकोले मर्मत गरेर लाइन सूचारु गरिएको छ । बाँकी सबै नयाँ पोल परिवर्तन गर्नुपर्नेछ ।

शनिबारसम्म हस्पिटल फिडर, भरतपुर–१ फिडर, भरतपुर–२, गितानगर, रामपुर, फलवारी फिडर मर्मत संभार गरी लाइन सुचारु गरिएको केन्द्रले जनाएको छ । बाँकी क्षेत्रमा मर्मत कार्य भइरहेको छ ।

केन्द्र अन्तर्गत ८ वटा ग्रुपले मर्मत कार्य गरिरहेका छन् । केन्द्रका २ र ठेकेदारका ६ ग्रुपले समस्या भएको ठाउँ पहिचान गरि मर्मत संभारको कार्य गरिरहेका छन् ।

यस्तै, धरान वितरण केन्द्रको पनि ३५ किलोमिटर लामो ३३ केभी दुहबी–धरान वितरण लाइन अवरुद्ध छ । हावाहुरीले विद्युतीय संरचनामा क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेसम्म समस्या पहिचान भइनसकेकोले खोज्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३