विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । राधी विद्युत् कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत मुनाफा वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीकाे ४.७५ प्रतिशत बोनस शेयरका रूपमा र ०.२५ प्रतिशत नगद लाभांशका रूपमा वितरण गर्ने गरेको कम्पनीले जनाएको छ । 

यस अनुसार कम्पनीले चुक्ता पुँजी १ अर्ब ७५ करोड ५५ लाख ७८ हजार ८ सय ४६ रुपैयाँको ४.७५ प्रतिशतले हुने ८ करोड ३३ लाख ९० हजार ४ सय ७० रुपैयाँ बराबरका ८ लाख ३३ हजार ९ सय ४ कित्ता बोनस सेयर वितरण गर्ने छ । 

त्यस्तै, कम्पनीले चुक्ता पूँजीको ६९.८९ प्रतिशतले हुन आउने १०० रुपैयाँ अङ्कित दरका कुल १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रदेश सेयर पनि जारी गर्ने भएको छ । यसअनुसार कम्पनीमा कायम प्रत्येक सेयरधनीले १ कित्ता बराबर ०.६९८९ कित्ता हकप्रद सेयर खरिद गर्न आवेदन दिन सक्ने छन् । 

कम्पनीका अनुसार पुस १८ गते बस्ने साधारणसभामा बोनस सेयर वितरणको विशेष प्रस्तावउपर छलफल हुने छ । त्यस्तै, नगद लाभांश वितरण गर्ने साधारण प्रस्ताव पनि प्रस्तुत हुने छ । 

त्यस्तै साधारणसभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, गत आर्थिक वर्षकै वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने जनाएको छ । 

साधारणसभाका लागि पुस ४ गते एक दिनका लागि कम्पनीको शेयर दर्ता पुस्तिका तथा शेयर दाखिला खारेजीको कार्य बन्द रहने कम्पनीले जनाएको छ । पुस ३ गतेसम्म कारोबार भई त्यसको ७ कार्यदिनभित्र दाखिल खारेज भई कायम रहेका शेयरधनी मात्र सम्मेलनमा भाग लिनका लागि योग्य हुनेछन् । 

कम्पनी ऐन अनुसार २०६२ सालमा स्थापना भएको यो कम्पनीले लमजुङमा ४.४ मेगावाटको राधी साना जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै, कम्पनीले युनिभर्सल पावर कम्पनी लिमिटेड, दोर्दी खोला जलविद्युत् लिमिटेड, कासुवा खोला जविद्युत् लिमिटेड र राप्ती हाइड्रो एन्ड जेनरल कन्स्ट्रक्सन लिमिटेडमा समेत लगानी गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३