विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको तनहुँकोमा निर्माण गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ । तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको  आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव माग गरिएको हो । 

स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा रायसुझाव मागिएको छ । प्रस्तावित आयोजनाबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका, तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग एक साताभित्र प्राप्त हुने गरी रायसुझाव पठाउन भनिएको छ ।

आयोजनाबाट बन्दिपुर गाउँपालिका वडा नम्बर ६, देवघाट गाँउपालिकाको वडा नम्बर ३ अवस्थित सारङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । 

पानीको प्रवाहलाई देवघाट गाउँपालिकाको वडा नम्बर ३ र ४ हुँदै जाने ६.८ किलोमिटर लामो सुरुङमार्फत त्रिशुली र सेती नदीको संगमदेखि करिब ५ सय मिटर तल्लो तटिय क्षेत्रमा पर्ने देवघाट गाउँपालिकाको वडा नम्बर ४ मा त्रिशुली नदीको दायाँ किनारामा बन्ने अर्ध भुगिगत विद्युतगृहमा खसाली १२६ मेगावाट विद्युत उत्पादन गरिनेछ । 

आयोजनाबाट बन्दीपुरको ६, व्यासको १४, देवघाटको ३, ४, २, रिसिङको १, २, आबुखैरेनीको ५, ६ र भरतपुरको २९ नम्बर वडा प्रवाभ गर्न सक्ने कम्पनीले जनाएको छ । 

प्रभावित स्थानीयले आगामी ७ दिनभित्र कम्पनीको कार्यालय र परामर्श दाताको कार्यालय जोइन्ट भेन्चर अफ डब्लुएपीसीओएस लिमिटे, निप्पोन कोई लिमिटेडको कार्यालयमा प्राप्त हुने गरी पठाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit