विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चम्पावती हाइड्रो पावर लिमिटेडले लमजुङ र गोरखाकाे सीमा भएर बग्ने चेपे खोलामा निर्माण गरिरहेको ७ मेगावाटको चेपे खोला ‘ए’ जलविद्युत आयोजनाको काम करिब ८० प्रतिशत पुरा भएको छ । कम्पनीले २०७७ साल माघदेखि निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाकाे सिभिल संरचना, उपकरण जडान लगायत सबै क्षेत्रकाे काम एकसाथ भइरहेकाे छ । निर्माणाधीन आयोजनाको सिभिल संरचनाको काम ९० प्रतिशत पुरा भएको कम्पनीका कार्यकारी अध्यक्ष हरी पराजुलीले बताए । अहिले हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकल जडानको काम भइरहेको छ ।

‘आयोजनाको ३२५० मिटर लामाे सुरुङमध्ये ५० प्रतिशत भन्दा बढी खन्ने काम सकिएकाे छ,’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी सुरुङकाे काम मंसिरभित्र सम्पन्न हुनेछ ।’

‘आयोजनाकाे विद्युत खरिद सम्झौता (पिपिए) गरी  वित्तिय व्यवस्थापन सम्पन्न गरेर निर्माण अन्तिम चरणमा पुर्याएका छाैं, तर पछिल्लाे समय पिपिए खारेज भएको, वित्तिय व्यवस्थापन गर्न नसक्ने आयोजनाको सूचीमा राखेको पाइएको छ, यो गलत हो, हाम्रो आयोजनाको वित्तिय व्यवस्थापन भएर पनि विद्युत उत्पादन सुरु गर्ने चरणमा पुगिसकेको छ’ उनले भने ।

आयोजनाको सबै काम आगामी पुसभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ  । आयोजनाबाट उत्पादित विद्युत पालुङटार सबस्टेसनमा जोड्ने योजना भएपनि अब ३ किलोमिटर दुरीमा रहेको पराजुली भन्ने गाउँको लाइनमा लुपइन लुप आउट गरी जोड्ने योजना रहेको छ ।

सुरूको तालिका अनुसार आयोजनाबाट गत पुसभित्र उत्पादन सुरू गर्नुपर्ने लक्ष्य थियो तर स्थानीयले आयोजनाको साइट कार्यालय तोडफोड गरी स्काभेटर, मेसिन, सवारीमा आगजनी गरेका कारण आयोजनाको उत्पादन तालिका ढिला हुन पुगेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ३२ करोड रुपैयाँ  लागत अनुमान गरिएको छ । आयोजनामा ३० प्रीतशत स्वपूँजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनाबाट वार्षिक ४१.३७ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३