विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुन्दर ट्रेडर्स प्रालिले दुई पाङग्रे सवारी (इलेक्ट्रिक स्कुटर) बिक्रीका लागि बजारमा ल्याएको छ । ट्रेडर्सले राजधानीका १ कार्यक्रमको आयोजना गरी विभिन्न मोडलको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरी बिक्रीका लागि बजारमा ल्याएको घोषणा गरेको हो ।

अहिले ५ वटा मोडलका विद्युतीय स्कुटर बजारमा ल्याएको  कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए । उनका अनुसार यी २ पाङग्रे सवारीको चार्ज तथा ब्याट्रीको अवस्थाका बारेमा जिपीएसबाट हेर्न सकिनेछ । 

पहाडी क्षेत्रमा सञ्चालन गर्न सकिने विद्युतीय मोटरसाइकल र कार पनि केही दिनमा नै आयात गरी नेपाल बजारमा बिक्री वितरण गरिने थापाले बताए । ‘हामीले विद्युती सवारी प्रवद्र्धन गर्ने उद्देश्यले २ पाङ्ग्रे सवारीको बिक्री वितरण सुरु गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यी २ पाङ्ग्रे सवारीको वारेन्टी ५ वर्षको छ ।’

पेट्रोलबाट चल्ने २ पाङ्ग्रे सवारीको तुलनामा विद्युतीय सवारीको मर्मत खर्च कम हुने र पाट पुर्जा पनि सस्तो हुने हुँदा धेरै खर्च नआउने उनले बताए । आयातित इन्धनको भार कम गर्न विद्युतीय सवारीसाधनमा जोड दिएको बताए । 

उनले अबको १ महिनामा सुन्दर यातायातले पठाओको जस्तै सेपा दिन २५० वटा मोटरसाइकल तयार गरेको पनि थापाले बताए । सुन्दर यातायातले यसअघि पनि ठूला विद्युतीय बस आयात गरी राजधानीका विभिन्न रुटमा सञ्चालन गरिरहेको छ । थप विद्युतीय बस पनि आउने प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit