काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आफ्नो कार्य समितिलाई थप परिपक्व र व्यावसायिक बनाउन सल्लाहकार समिति र विज्ञ सल्लाहकार समिति गठन गरेको छ । ऊर्जा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व तथा विज्ञहरूको सहभागितामा दुई छुट्टाछुट्टै समिति गठन गरिएको हो ।
इपान कार्यसमितिलाई नीतिगत, व्यावहारिक र प्राविधिक विषयमा मार्गदर्शन गर्न गठित समितिहरूको विवरण यस प्रकार छ:
ऊर्जा क्षेत्रको प्राविधिक, प्रशासनिक र नीतिगत पक्षमा गहन विश्लेषण र सुझाव दिनका लागि नेपाल सरकारका पूर्वसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा विज्ञ सल्लाहकार समिति गठन गरिएको छ । त्यसमा अनुपकुमार उपाध्याय (पूर्वसचिव), डा. सन्दिप शाह, मनोजकुमार गोयल, कुमार पाण्डे, डा. आत्माराम घिमिरे, डा. छत्रबहादुर बस्नेत, अरुणकुमार सुवेदी र नारायणप्रसाद पौडेल रहेका छन् ।
यसैगरी, ऊर्जा क्षेत्रमा लामो अनुभव सँगालेका अगुवा तथा व्यवसायीहरू सम्मिलित सल्लाहकार समितिको नेतृत्व इपानका पूर्वअध्यक्ष गणेश कार्कीले गरेका छन् । त्यसमा उमेश श्रेष्ठ, बटु लामिछाने, रघुनाथ पुरी, केशवबहादुर रायमाझी, भरतबहादुर खत्री, ज्ञानेन्द्रलाल प्रधान, शुशिल थापा, कृष्णप्रसाद भण्डारी, पुष्पज्योति ढुंगाना र दिनेश गुरुङ रहेका छन् ।