विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग ८ प्रतिशत नबिल  डिबेन्चर २०८५’ को सूचीकरण गर्न सम्झौता भएको छ । बैंक र नेप्सेबीच बुधबार २२ लाख ७ हजार १ सय ८ कित्ता ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र नेप्सेको तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् । बैंकले बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडमार्फत गत साउन १० देखि ३१ गतेसम्म ऋणपत्र निष्कासन गरी बाँडफाँड गरेको थियो ।

सम्झौता भएसँगै बिहीबारदेखि दोस्रो बजारमा डिबेन्चरको कारोबार सुरु हुने बैंकले जनाएको छ । बैंकका अनुसार डिबेन्चरवालाले ७ वर्ष अवधिको यो डिबेन्चरको भुक्तानी २०८५ साल साउन ३० मा पाउने छन् । बैंकले यो डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, डिबेन्चरवालाहरुको लगत अद्यावधिक गर्नेलगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडसँग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरेको छ । 

३७ वर्षअघि स्थापित बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । बैंक सधैं ग्राहकवर्गको उच्च सन्तुष्टी एवं आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit