विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । उद्योग सङ्गठन मोरङले नेपाल सरकार, विद्युत् प्राधिकरण र निजी क्षेत्र गरी त्रिपक्षीय समन्वयनमा डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको विद्युत् महसुल विवाद तत्काल समाधान गर्न माग गरेको छ । लामो समयदेखि विवादित बनेको यो विषयलाई लिएर प्राधिकरणले उद्योगहरूको उत्पादन नै ठप्प हुनेगरी विद्युत् लाइन काटेकोप्रति सङ्गठनले आइतबार विज्ञप्ति जारी गरी चिन्ता व्यक्त गरेको हो ।

सङ्गठनले भनेको छ, ‘डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् महसुलका सम्बन्धमा लामो समयदेखि प्राधिकरण र प्रभावित उद्योगीबीच हुँदै आएको रस्साकस्सी र आ–आफ्नो अडानका कारण पेचिलो बनेको हो । लामो समयदेखि विवाद समाधान हुन नसकेको तथा सरकार आफैँले ठोस रूपमा तत्कालै समाधानको पहल गर्नु पर्नेमा सरकार परिवर्तन भए पिच्छे पटक पटक विवाद बल्झाई रहेको हुँदा यसले समग्र निजी क्षेत्रप्रति नकारात्मक भाष्य सिर्जना भइरहेकोमा हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ ।’

उद्योगहरूमा विद्युत् आपूर्ति काटिँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा राम्रो सन्देश नजाने र उत्पादन ठप्प हुँदा रोजगारी, राजस्व तथा बैंक ब्याज भुक्तानी, बजार श्रृङ्खला लगायतको क्षेत्रमा समेत प्रभाव पर्ने जनाएको छ । 

‘विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरूमा विद्युत् आपूर्तिलाई अविलम्ब सुचारु गरी नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई तत्कालै न्यायोचित निरूपणका लागि नेपाल सरकार तथा सम्बन्ध सबै सरोकारवालामा जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३