विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा डेभलपर्सको सहायक कम्पनी सामलिङ्ग पावर कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीले इलाममा सञ्चालित ९.५२ मेगावाटको माईबेनी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड भएको हो ।

कम्पनीको सेयरका लागि दिएका मध्ये ६७ हजार ८ सय ९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीका अनुसार करिब २१ लाख २० हजार जनाको हात खाली भएको छ । कम्पनीको सेयर किन्न कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएका थिए ।

कम्पनीले सय रुपैयाँमा अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा प्रतिशत अर्थात १४ लाख ६० हजार रुपैयाँ बराबरको १४ हजार ६ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।

यस्तै, ५ प्रतिशत अर्थात ३६ लाख ५० हजार रुपैयाँ बराबरको ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो । र, बाँकी ७  लाख ७८ हजार ९  सय कित्ताका लागि सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

कम्पनीले यसअघि पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

कम्पनीले निर्माण सम्पन्न गरेको माइबेनीले विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको विद्युत गत भदौ २२ गते प्रणालीमा जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit