विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै मट्टितेल र डिजेल १७८ रुपैयाँ पुर्याएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, हवाई इन्धन (आन्तरिक), हवाई इन्धन (बाह्य) र एल पि ग्यासको मुल्य भने यथावात नै राखिएको छ ।  पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १८१ रूपैयाँ, हवाई इन्धन (आन्तरिक) को १९० रूपैयाँ, हवाई इन्धन (बाह्य) को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० कायमै छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही मात्रामा घटे पनि पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि त्यसको असर पर्न गएको निगमले जनाएको छ । डिजेल/मटिट्तेलको मूल्य बढाए पनि निगमलाई मासिक ६१ करोड रुपैयाँ बढी घाटा हुने निगमले जनाएकाे छ । 

पेट्रोलियम पदार्थको खरिद वापतको रकम समयमा नै भुक्तानी गर्न नसक्दा बक्यौता रकम बढ्दै गएपछि नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार निगमलाई नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैकबाट ३ अर्ब रुपैयाँ ऋण दिइएको छ । 

लामो समयदेखि पेट्रोलियम पदार्थमा भइरहेको अधिक नोक्सानीका कारण निगमलाई दैनिक बित्रीबाट हुने संकलन रकम ईण्डियन आयल कर्पोरेसन लिमिटेडलाई भुक्तानी गर्दा पनि २०२२ अगष्टमा करिब २१ हर्ब बक्यौता बाँकी रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पोेरेशनको बक्यौता रहक क्रमश भुक्तानी गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा सहज गर्नुपर्ने विषय निगमको लागि चुनौतीपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit