विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई–दई रुपैयाँले बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्यअनुसार निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल प्रतिलिटर १ सय २०, डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनले मूल्य समायोजन नगर्दा मासिक १ अर्ब ९ करोड रुपैयाँ घाटा हुने अवस्था रहेकोले मूल्य समायोजन गर्नु परेकाे बताए ।

मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजेलमा १.९४ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा ४१८.४७ रुपैयाँ घाटा भई अर्धवार्षिक रुपमा करिब ८८ करोड रुपैयाँ बराबरको नोक्सान हुने निगमले जनाएको छ ।

मूल्य बढाउँदासमेत भारतीय सीमा नाका रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा प्रतिलिटर पेट्रोल ३०.४७ रुपैयाँ र डिजेल ३६.६३ रुपैयाँ नेपालतर्फ नै सस्तो रहेको निगमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । निगमले आर्थिक वर्ष सुरु भएदेखि हालसम्म १२ पटक इन्धनको मूल्य समायोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit