काठमाडौं । दोलखामा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत आयाजना निर्माण गरी सञ्चालन गरिरहेको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ४० लाख ३३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूका लागि छुट्याएको हकप्रद सेयर साउन २५ गतेदेखि निष्कासन गर्न लागेको हो ।
चुक्ता पूँजी ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको सय रुपैयाँ अंकित २ः१ को अनुपातमा ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको १० मेगावाटका सिप्रिङ खोला जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।