काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनीले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा सञ्चालित १३ मेगावाट मद्क्यू जलविद्युत केन्द्रको सेयर निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सय रुपैयाँमा अंकित २० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गरिनेछ ।
सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बोर्डबाट अनुमति पाउनेलगतै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरीनेछ ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले विगत २०७४ चैत्र १९ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।