विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । चौधरी ग्रुप (सिजी) ले नेपालको हस्पिटालिटी उद्योगलाई थप उचाइ दिन विश्व प्रसिद्ध कम्पनी ताज ग्रुपसँग मिलेर ‘एक्यम’ नामको संयुक्त भेन्चरको सुरुवात गरेको छ । सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले बुधबार मुम्बईमा एक कार्यक्रमका बीच ताजसँगको वृहत् साझेदारीमा हस्ताक्षर गरे ।

ताज ग्रुपसँग मिलेर नेपालमा अहिले तीन वटा होटल सञ्चालनमा रहेका छन् भने थप तीन वटालाई ताजमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । ताज ग्रुपसँगको सहकार्यले नेपालको पर्यटन क्षेत्रलाई बढावा दिन सहयोग पुग्ने सिजीको विश्वास छ ।

काठमाडौँको भिभान्ता, भरतपुरमा रहेको मेघौली सेराइ र भरतपुरकै भिभान्तालाई मात्र नभएर नेपाललाई प्रमुख पर्यटकीय गन्तब्यकै रूपमा विश्वभर ताजको सञ्जालबाट प्रचार गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ । ‘एक्यम’ प्लेटफर्मबाट नेपालको समग्र पर्यटन क्षेत्रले लाभ लिने वातावरण बन्ने अपेक्षा गरिएको छ ।

हिमालयन बेल्ट र इण्डियन ओसनमा यसअघि नै ताजसँग चौधरी ग्रुपले सहकार्य गर्दै आएको छ । सिजी पछिल्ला दिनमा भारतका ठूला–ठूला कम्पनीसँग मिलेर नेपालको आर्थिक विकासलाई महत्त्वपूर्ण टेवा पु¥याउँदै आएको छ । जसको पछिल्लो उदाहरण, नेपालमै हिरोको एसेम्ब्ली प्लान्ट स्थापना हुनु हो ।

केही समयअघि अडानीसँग मिलेर नेपाली उत्पादन र नेपाली सिमेन्टलाई उत्तर प्रदेश तथा बिहार राज्यमा निर्यात सुरु भइसकेको छ । ‘हामी भारतको प्रख्यात टाटा ग्रुपसँग दशकौंदेखि सहकार्य गर्दै आएका छौँ, आगामी दिनमा थप विश्वविख्यात लगानीकर्तासँग सहकार्य गरेर देशमा लगानी भित्राउने छौँ,’ प्रबन्ध निर्देशक चौधरीले भने, ‘ताजजस्तो विश्वप्रसिद्ध समूहसँगको सहकार्य नेपालका लागि निकै महत्त्वपूर्ण छ ।’

नेपालको पर्यटन क्षेत्र र हस्पिटालिटीमा यसले विश्वव्यापी रूपमै राम्रो सन्देश जाने सिजीको विश्वास छ । सिजीले भारतको चर्चित ब्राण्ड गोदरेज, इफ्को र केन्टसँग पनि सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३