विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) को कार्यकारी निर्देशकमा हाल कामुको जिम्मेवारीमा रहेका नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज (बैशाख १९ गते) बसेको बैठकले उनलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगमा ऊर्जा हेर्ने सदस्य रामेश्वर फुयाँलको संयोजकत्वको कार्यकारी निर्देशक छनोट तथा सिफारिस  समितिले अन्तिम ३ जना प्रतिस्पर्धीको नाम  छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरेकोमा ढकालले दुई प्रतियोगीलाई उछिनेका छन् । अन्य दुई प्रतिस्पर्धीमा जल तथा ऊर्जा आयोगको सचिवालयकी सिडिई (उपसचिव) डा. किरण गौतम र केन्द्रकै निर्देशक डा. सूर्यकुमार सापकोटा रहेका थिए ।

निवर्तमान कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीको कार्यकाल २०७९ साल माघ २२ गते पूरा भएपछि हालसम्म अर्थात् बैशाख १९ गतेसम्म  (करिब ३ महिना) ढकालले कामुको जिम्मेवारीमा रहेर काम गरे । अधिकारीको कार्यकाल पूरा भएलगत्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम २०७९ साल फागुन १४ गते १५ दिनको समय तोकेर कार्यकारी निर्देशकका लागि प्रस्ताव माग गरेको थियो ।

उक्त पदका लागि केन्द्रभित्रैबाट ५ प्रतिस्पर्धी सहित वैकल्पिक ऊर्जा क्षेत्रमा कार्यरत विज्ञ, प्राध्यापक लगायत २१ जनाले दरखास्त हालेका थिए । २१ जनाबाट सिफारिस समितिले १४ जनाको नाम प्रारम्भिक छनोटमा पारेको थियो । समितिको गत बैशाख १४ गतेको निर्णयबाट ३ जना अन्तिम छनोटको सूचीमा परेका थिए ।

सुरुमा आवेदन दिएका मध्ये ५ जना उमेद्वारहरूको न्यूनतम शैक्षिक योग्यताको विषय नमिलेको र ३ जनाको तोकिएबमोजिमको उमेर नपुगेका कारण छनोट प्रक्रियामै समेटिन नसकेको सिफारिस समितिले जनाएको थियो ।

नवनियुक्त कार्यकारी निर्देशक ढकालकाे याेग्यता र पृष्ठभूमि

साविक खड्गकोट गाविस–२, गुल्मीमा २०३३ साल पुस २८ गते जन्मेका नवराज ढकालले सन् १९९३ मा छापचौरस्थित श्री दुर्गा भवनी माध्यामिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उर्तीण गरेका थिए । यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट विज्ञान विषयमा प्रथम श्रेणीमै आइएसी र सन् १९९९ मा त्रिचन्द्र क्याम्पस काठमाडौंबाट प्रथम श्रेणीमा विएससी उर्तीण गरेका थिए ।

यसैगरी, उनले सन् २००१ मा त्रिभुवन विश्वविद्यालयबाट माइक्रो बायोलोजीमा एमएससी तथा सन् २०१० मा नरेसुअन विश्वविद्यालय थाइल्याण्डबाट नवीकरणीय ऊर्जामा स्नातकोत्तर डिग्रीसम्मको अध्ययन पूरा गरेका हुन् ।

सन् २००३ मा अधिकृतको रूपमा केन्द्रमा सेवा प्रवेश गरेका ढकालले वरिष्ठ अधिकृत, सहायक निर्देशक, निर्देशक हुँदै नायब कार्यकारी निर्देशकसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका थिए । उनले वैकल्पिक ऊर्जाका क्षेत्रमा २० वर्षभन्दा बढी समयको अनुभव हासिल गरिसकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दुई दर्जनभन्दा बढी तालिम लिई आफ्नो अनुभवलाई परिपक्व बनाउँदै आएका ढकाल वैकल्पिक ऊर्जा विकासका क्षेत्रमा विभिन्न कार्यक्रम कार्यान्वयनको नेतृत्व सम्हाल्दै आएका थिए । उनका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रि पत्रिकामा अनुसन्धानमुलक लेख रचना समेत प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit