विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

राप्ती सोनारी/बाँके-बुधबार अपराह्न साढे तीन बजे । बाँकेको सुदूरपूर्वी राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ३ भवनियापुरमा पुग्दा फरक दृश्य देखिन्थ्यो । सडकैभरि मान्छेको चहलपहल, परम्परागत पहिरन र वेशभूषामा सजिएका थारू युवती नाचगानमा व्यस्त थिए ।

पञ्चैबाजा बजाउँदै स्कुले बालबालिका अनि सर्वसाधारणको बाक्लो उपस्थितिले वडाको परिक्रमा गरेको थियो । सडकमै नाचगान गरी अबिरजात्रा गरेर खुसी साटासाट गर्दै भव्य उत्सव मनाउ गरिरहेको यो दृश्य गाउँमा पहिलो पटक बिजुली आउँदाको हो ।

सुगम जिल्लाको दुर्गम बस्ती मानिने राप्तिपारिका कैयाैं गाउँमा स्थानीय अझै अन्धकारमा बस्न बाध्य छन् । विद्युत् प्राधिकरणबाट बिजुली बाल्ने आशामा वर्षौं बिताए पनि अँध्यारोमुनि बस्न बाध्य सर्वसाधारण गाउँपालिकाले आफ्नै लगानीमा विद्युत् विस्तार गरेपछि भने खुसी भएका छन् ।

गाउँमा पहिलो पटक बिजुली बलेको खुसीमा स्थानीयले थारू नृत्य र पञ्चैबाजा बजाउँदै हर्षोल्लास र खुसीयाली मनाउ गरेका हुन् । सरकारले दुई वर्षभित्रमा देशभर पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको छ । तर, अझै पनि कतिपय स्थानमा लक्ष्यअनुसार विद्युतीकरण हुन सकेको छैन ।

दशकअघि नेपाल विद्युत् प्राधिकरणले काम सुरु गरे पनि काममा ढिलाइ हुँदा गाउँपालिकाको करिब ४ करोड लगानीमा ६ महिनाभित्र विद्युत् सेवा विस्तार गरेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।

“विद्युत् प्राधिकरणले ढिलाइ गरेपछि पालिकाकै लगानीमा विद्युत् विस्तारको काम सुरु गरेका हौं,” उनले भने, “काम थालेको ६ महिनाभित्रै विद्युत् सेवा विस्तार गर्न सफल भएका छौं ।”
सुरुमा वडाका १० घरमा मिटर जडान गरी सेवा पुगे पनि वडाका १ हजार ३ सय घरधुरीमा विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । गाउँपालिकाको बजेटबाट विद्युत् सेवा विस्तार भए पनि स्थानीयले धामपुरमा रहेको ३३ केभी प्रसारणलाइनको सबस्टेसनको काउन्टरबाट विद्युत्को महसुल बुझाउनेछन् ।

राप्तीपारिको यो क्षेत्रमा सामुदायिक विद्युतीकरणमार्फत गर्ने कि विद्युत् प्राधिकरणले गर्ने भन्नेमा केन्द्रबाट निर्णय हुन सकेको थिएन, जसका कारण विद्युत् विस्तारमा ढिलाइ भएको विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख सुरज गौतमले बताए । गाउँपालिकाले लगानी गरेसँगै अब भने बाँकेमा ९५ प्रतिशत विद्युतीकरणको काम सकिएको उनको भनाइ छ ।

साबिकको फत्तेपुर गाविसको चारवटा वडा समेटेर बनाएको राप्ती सोनारीको वडा नं. ३ मा ५ हजार ९ सय १९ जनसंख्या छ । जहाँ १ हजार २ सय २ घरधुरी छन् । विद्युत् सेवा पुग्दा बैंसा, नवलपुर, भगवतीपुर, बेलासपुर, गगराबास, भवनीयापुर, वनघुस्री, नारायणपुर, बिसुवा, खैरहनी, सिनावास, जंगपुर, शाहीपुर र बेलडाँडालगायतका गाउँ लाभान्वित हुनेछन् ।

विद्युत् पुगेपछि अब स्थानीयले कृषि कार्यका साथै उद्योगधन्दा, कलकारखानालगायत व्यापार–व्यवसाय सञ्चालनमा सहज हुने अपेक्षा गरेका छन् ।
स्थानीय अंकित श्रेष्ठले यसअघि विद्युत् नहुँदा निकै समस्या हुने गरेको बताउँदै अब कलकारखाना, उद्योगधन्दा सञ्चालनका साथै कृषि कार्यमा सहज हुने बताए ।

काराेबार दैनिक

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३