काठमाडौं । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रको विद्युत महसुल काउन्टर बन्द भएको छ । केन्द्र अन्तर्गतको सर्भर मर्मत संभार गर्नु पर्ने भएकाले काउन्टर बन्द भएको हो ।
मंगलबार केन्द्र अन्तर्गतको सर्भर बिग्रिएकोले मर्मत गर्नका लागि काउन्टर बन्द भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सर्भर मर्मत गर्नका लागि केन्द्रिय कार्यालय काठमाडौमा लानु पर्ने भएकोले सेवा बन्द गरिएको हो ।
बुधबार (आज) देखि सर्भर नआएसम्म केन्द्र अन्तर्गत सञ्चालन हुने सम्पूर्ण काउन्टर सेवा बन्द हुनेछ । प्राधिकरणमा महसुल तिर्न अटेरी गर्ने ग्राहकको लाइन काटेर असुल्ने कार्य पनि भइरहेको छ । प्राधिकरणले महसुल नबुझाउने ग्राहकको लाइन काटेर र कालोसूचीमा राखेर बक्यौता उठाउने काम गरिरहेको छ ।