विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भोलि बिहान ६ बजेसम्म सम्पूर्ण औद्योगिक क्षेत्रमा १४ घन्टा विद्युत कटौती सुरु गरेको छ । आज आइतबार (बैशाख १८ गते) अपरान्ह ४ बजेदेखि भोलि बिहान ६ बजेसम्म देशका सबै औद्योगिक फिडरहरू ट्रिप हुने भन्दै सूचना निकालिएको छ ।

प्राधिकरण भार प्रेषण केन्द्रले उक्त समयसम्म विद्युत आपूर्ति नहुने हुँदा आफैं व्यवस्थापन गर्न औद्योगिक क्षेत्रलाई सूचित गरेको छ । पछिल्लो समय देशमा गहिरिँदै गएको विद्युत संकटका कारण दुई सातादेखि निरन्तर औद्योगिक क्षेत्रमा विद्युत कटौती हुँदै आएको छ ।

बिनाजानकारी विद्युत आपूर्ति बन्द गरेको भन्दै देशैभरका उद्योगी व्यवसायीले विरोध जनाएपछि प्राधिकरणले बैशाख १४ गते पत्रकार सम्मेलन नै गरेर ‘अबदेखि सूचना दिएरमात्र लाइन काटिने’ बताएको थियो । तर, त्यसपछि पनि बिनाजानकारी निरन्तर आपूर्ति बन्द भइरहेको उद्योगीहरूले गुनासो गर्दै आएका छन् ।

शुक्रबार अर्थात् बैशाख १६ गते मोरङ उद्योग वाणिज्य संघ तथा १७ गते नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ति नै जारी गरेर विद्युत कटौतीको विरोध जनाएका छन् । समस्या समाधानका लागि तत्काल पहल गर्न र लोडसेडिङको तालिका दिन पनि उनीहरूले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit