विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । यो वर्षको ‘नेपाल ऊर्जा ज्योति सम्मान’ निजी क्षेत्रबाट जलविद्युत विकासमा अग्रणी भूमिका निर्वाह गरेका अभियन्ता एवं जलविद्युत प्रवर्द्धक स्वर्गीय हरि बैरागी दाहाललाई प्रदान गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जलविद्युत विकासमा पुर्याएको योगदानको कदर गर्दै उनलाई मरणोपरान्त दोस्रो ऊर्जा ज्योति सम्मान प्रदान गर्न लागेको हो ।

इपानका सल्लाहकार केशवबहादुर रायमाझी र ध्रुब उप्रेती, अध्यक्ष कृष्णप्रसाद आचार्य, निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईं, महासचिव गोरे शेर्पा, पूर्व ऊर्जा सचिव सुमन शर्मा, नेपाल आर्थिक पत्रकार समाज (सेजन) अध्यक्ष भीम गौतम, सम्मेलिन निर्णयक समितिले दाहाललाई यो सम्मान दिने निर्णय गरेको हो । सम्मान स्वरूप दाहाललाई १ लाख रुपैयाँ र प्रमाणपत्रबाट सम्मान गरिने इपानले जनाएको छ । 

दाहालले निजी क्षेत्रलाई जलविद्युत निर्माणका लागि खुला गर्ने विद्युत ऐन २०४९ निर्माणमा महत्त्वपूर्ण योगदान गरेका थिए । विद्युत ऐन आएपछि अरुण भ्याली हाइड्रो पावर कम्पनीको संस्थापक अध्यक्ष भई ३ मेगावाटको पिलुवा खोला जलविद्युत आयोजना निर्माणमा दाहालले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

पिलुवा नै स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको पहिलो आयोजना हो । दाहालको २०७६ साल भदौ २७ गते निधन भएको थियो । इपानले गत वर्षबाट नेपाल ऊर्जा ज्योति सम्मान प्रदान गर्न सुरु गरेको हो । जलविद्युत प्रवर्द्धक एवं इपानका निवर्तमान अध्यक्ष गुरागाईंले आफ्नी स्वर्गीय सुपुत्री श्रीनिका गुरागाईंको सम्झनामा यो सम्मानको सुरुवात गरेका हुन् । यसअघि पहिलो सम्मान पूर्व जलस्रोत मन्त्री स्वर्गीय शैलेजा आचार्यलाई प्रदान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३