विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्जिनियर एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्षमा उम्मेदवारी दिएका सुवासचन्द्र बरालले २ वर्ष आफ्ना व्यक्तिगत काम छाडेर भए इन्जिनियरहरूको हकहितमा दिलो ज्यानले लाग्ने प्रतिबद्धता जनाएका छन् । बुटवलमा लुम्बिनी प्रदेशका इन्जिनियरहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संलग्न रहेकाले इन्जिनियरहरूका समस्यासँग राम्रो जानकार रहेको उनले बताए । 'सरकारी तथा निजी क्षेत्रका इन्जिनियर र आर्किटेक्टहरूका आ-आफ्नै समस्या छन्,  अबको २ वर्षका लागि सबै समुदायको उन्नतिका लागि ठोस काम गर्न सक्छु भन्ने मेरो प्रतिबद्धता छ,' उनले भने ।

सातै प्रदेशमा सबल प्रदेश समिति र केन्द्रमा केन्द्रीय समिति बनाउने सोचका साथ सामूहिकरूपमा अघि बढेको बताउँदै बरालले प्रदेशसँग मिलेर काम गर्ने धारणा राखे । आफ्ना कुराहरू प्रतिबद्धतामार्फत ल्याएको बताउँदै उनले आफ्नो नेतृत्वमा पेशागत हकहितका सवालमा परिवर्तन ल्याइछाड्ने दृढता पनि व्यक्त गरे ।

बुटवलमा भएको कार्यक्रममा इन्जिनियर तथा आर्किटेक्टहरूको बाक्लो सहभागिता थियो । सहभागीहरूले निर्वाचनमा बरालको योजनामा आफूहरू सहमत रहेको बताएका थिए । उनीहरूले अनुभव र संगठनप्रतिको लगाव भएकाले बराललाई सहयोगको प्रतिबद्धता समेत जनाए । उनको समूह पोखरामा कार्यक्रम सम्पन्न गरेर काठमाडौँमा हुने अन्तरक्रियामा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३