विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नर्बेले काठमाडौं विश्व विद्यालयलाई साढे ३० करोड रुपैयाँ बढी आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नर्बेले अध्ययन अनुसन्धानका लागि विश्व विद्यालयलाई ३० करोड ६० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।

नेपालस्थित नर्बेजियन दुतावास र विश्व विद्यायबीच गत मंगलबार सहयोग सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा विश्व विद्यालयका उपकुलपति डा. भोला थापा र दुतावासका राजदूत तोरुन द्राम्दालले हस्ताक्षर गरे । 

यो सम्झौता ३९ महिनाका लागि मान्य हुनेछ । यो यसअघि भएको सम्झौताको निरन्तरता भएको विश्व विद्यालयले जनाएको छ । 

सम्झौताअनुसार नर्बेले ‘इनर्जाइज नेपाल’ कार्यक्रम अन्तर्गत विश्व विद्यालयलाई थप १२ वटा एकेडेमिक अनुसन्धान कार्यक्रम र १० वटा ‘बिजनेस आइडिया’ कार्यक्रमका लागि खर्च हुनेछ ।

यो कार्यक्रमबाट १५ जना पिएचडी र ३० जना एमएससी अध्ययनरत विद्यार्थीको अध्ययन अनुसन्धानमा सहयोग पुग्ने विश्व विद्यालयले जनाएको छ ।
सन् २०१६ को जुलाईदेखि विश्व विद्यालयले ‘इनर्जाइज नेपाल’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit