विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालले अब भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बेच्न पाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको हालै भएको भारतको औपचारिक भ्रमणका क्रममा उक्त सहमति भएको हो ।

भारतीय विद्युत मन्त्रालयको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई थप ३२५ मेगावाट विद्युत निर्यात गर्न अनुमति दिएकाे छ । यसअघि २०७८ कात्तिकमा ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेञ्चमा (आइएक्स) मा बिक्री गर्न अनुमति दिएको थियो ।

प्रधानमन्त्री देउवाकाे भारत भ्रमणका क्रममा भएकाे द्विपक्षीय वार्तामा ‘नेपाल–भारत संयुक्त भिजन स्टेटमेन्ट अन पावर सेक्टर कर्पोरेसन’ कार्यान्वनको चरणमा प्रवेश गरेको उर्जा जलस्राे तथा सिँचाइ मन्त्रालयले जानकारी दिएकाे छ । यसबाट वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी अतिरिक्त परिमाण निर्यात गर्न सकिने र देशकाे व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit