विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्नो रिर्भस लिमिटेडले ३०.३५ किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइन २ वर्षमा सम्पन्न गर्ने भएको छ । प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङमा निर्माणाधीन सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको स्वीचयार्डदेखि पाँचथर जिल्लामा रहने नेपाल विद्युत प्राधिकरणकाे सबस्सटेसनसम्मको लाइन २०८१ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखेको हो ।

काबेली खोला ‘ए’, सुपर काबेली खोला क्यासकेड र काबेली–३ आयोजना हुँदै अमरपुर सबस्टेसनसम्म निर्माण गर्न लागिएको लाइनको काम आगामी २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीले यी तीन जलविद्युत आयोजनाको ४७.४३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न यो लाइन निर्माण गर्न लागेको हो । लाइन पूरा भएपछि काबेली खोला ‘ए’, सुपर काबेली खोला क्यासकेड र काबेली–३ काे विद्युत यही लाइनमार्फत प्रणालीमा थपिनेछ ।

आयोजनाको विवरण
क्षमता : १३२ केभी, सिंगल सर्किट
प्रवर्द्धक : स्नो रिभर्स लिमिटेड
स्थान : प्रदेश नम्बर १, ताप्लेजुङको सिरिजंगा गाउँपालिकादेखि पाँचथरको हिलिहाङ गाउँपालिकासम्म
दुरी : ३०.३५
विद्युत प्रवाह क्षमता : ४७.४३ मेगावाट
टावर : १०१ 
आवश्यक जग्गा : ५३.१३३ हेक्टर
सम्पन्न गर्ने लक्ष्य : २०८१ चैत १४ 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit