विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

पोखरा (कास्की) । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको काम ७७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी बैशाखभित्र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको छ ।

पोखरा महनागरपालिका वडा नम्बर ३३ मा निर्माणाधीन उक्त आयोजनाको मुख्य सुरुङ अबको एक महिनाभित्र ब्रेक थ्रु (वारपार छेड्ने) हुने आयोजना प्रमुख उज्वल रेग्मीले बताए । उनका अनुसार आयोजनाको मुख्य सुरुङ ३१०५ मिटर रहेको छ । यस्तै, १ किलोमिटर पेनस्टक पाइप विस्तार गर्नुपर्नेमा यसको पनि अधिकांश काम पूरा भएको छ ।

‘बाँध, सुरुङ, विद्युत्‌गृह लगायत संरचनाको काम समानान्तर गतिमा भइरहेको हुँदा २०८२ बैशाखभित्र बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ,’ रेग्मीले ऊर्जा खबरसँग भने, ‘हामी लक्ष्य पूरा गर्ने गरी काम गरिरहेका छौँ, यसमा आयोजना व्यवस्थापनको पूर्ण सहयोग एवम् सहजीकरण भइरहेको छ ।’ यसअघि २०८१ मंसिरभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाबाट वार्षिक १३३.४३२ गिगावाट घण्टा (१३ करोड ३४ लाख ३२ हजार युनिट) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । उत्पादित विद्युत १.५ किलोमिटर टाढा लेखनाथ–दमौली १३२ केभी प्रसारण लाइनअन्तर्गत ‘लुप इन लुप आउट’ प्रविधिमा जडान हुनेछ । आयोजनाको बाँध पृथ्वी राजमार्गको गगनगौडादेखि २ किलोमिटर दूरीमा अवस्थित छ ।

५ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी छ । जसमा कुमारी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र नेपाल पूर्वाधार विकास बैंकको लगानी रहेको छ । स्वपुँजीमध्ये डोल्मा इम्प्याक्ट फण्ड–२ ले ४९ प्रतिशत, सर्वसाधारणले ३० प्रतिशत र बाँकी संस्थापकहरूको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३