विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बाजुरा । बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ । प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका ४ गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो ।

प्राधिकरणका अनुसार यहाँका ९ स्थानीय तहमध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी रहेको छ । जिल्लामा ४ नगरपालिका र ५ गाउँपालिका गरी ९ स्थानीय तह छन् । ३ पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ ।

सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिका–६ वडा, बूढीगंगामा ३ वडा र खप्तड छेडेदह गाउँपालिकाका ३ वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले जानकारी दिए । वितरण केन्द्रको तथ्यांकमा जिल्लाका १२ वडामा मात्र विद्युत् सेवा विस्तार भएको तथ्यांक भए पनि प्राधिकरण केन्द्रीय कार्यालयले भने १ पालिकामा मात्र विद्युत् सेवा विस्तार हुन नसकेको झुटाे कुरा बाहिर ल्याएको छ ।

सूचना अधिकारी भट्टका अनुसार बूढीगंगा नगरपालिका–१, २ र ३, बडिमालिका नगरपालिका–१, २, ३, ७, ८ र ९ मा मात्र विद्युत्‌को लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ । त्यसैगरी, खप्तड छेडेदह गाउँपालिका–५ र ७ पूरै तथा वडा नम्बर ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

बडिमालिका नगरपालिका साविकका मार्तडी र जुगाडा, बूढीगंगा नगरपालिकाको साविक ब्रह्मतोला गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक आटिचौर र डोगडीमा मात्र राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गरिएको छ । जिल्लामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही ४ हजार ४८३ ग्राहक रहेको तथ्यांक छ । सबैभन्दा कम ३३.५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बाजुरामा १ लाख ३८ हजार ९९८ जनसङ्ख्या छ । जिल्लामा  २२ हजार ९२१ परिवार विद्युत्‌को पहुँचमा रहेको जनाएको छ । त्यस्तै, ४ हजार ३४२ परिवारले सौर्य ऊर्जा तथा सोलार र ६७ परिवारले मट्टितेल प्रयोग गर्ने गरेको जनगणनाको तथ्यांकमा उल्लेख छ । उक्त तथ्यांकानुसार बिजुलीबाट खाना पकाउने १८ परिवार मात्र छन् ।

२५ हजार ७५१ परिवार अझै दाउरा प्रयोग गरिरहेका छन् भने २ हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ । उता, २४१ बायोग्यास, १८ परिवार मट्टितेल र अन्यमा खाना पकाउने १३ परिवार रहेका छन् । हिमाली गाउँपालिका बिच्छँयाका ५८४ परिवार अँध्यारोमा बस्न बाध्य छन् । साविकको बिच्छँया गाविसका रूपमा रहेको बिच्छँयामा २०७८ को जनगणनाअनुसार ३ हजार ३७१ नागरिक बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३