काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद सेयर आवेदन अवधि थप गरेको छ । कम्पनीले भदौ ३ गतेदेखि खुल्ला गरेको सेयरमा आवेदन दिन छुटेका सेयरधनी सदस्यका लागि आवेदन अवधि थप गरेको हो ।
चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजारको २ः१ को अनुपातमा हुन आउने सय रुपैयाँ अंकितका दरले ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको कमपनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्यले भदौ ३१ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीको दोलखामा १० मेगावाटका सिप्रिङ खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यस आयोजनाले निरन्तर विद्युत उतपादन गरिरहेको छ ।