विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३६औं वार्षिकोत्सवका अवसरमा ४७१ कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गर्ने भएको छ ।प्राधिकरणले आगामी भदौ १ गते हुने वार्षिकोत्सवको अवसर पारेर विभिन्न तहमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गर्न लागेको हो ।

दीर्घसेवा पदक पाउने उपकार्यकारी निर्देशक (१२ तह) देखि कार्यालय सहयोगीसम्मको नाम स्वीकृत भइसकेको प्राधिकरणले जनाएको छ । दीर्घसेवा पदक पाउने १२ तहका एक जना (उपकार्यकारी निर्देशक, आयोजना व्यवस्थापन निर्देशनालय) कर्मचारी छन् । प्राधिकरणले निर्देशनालयका उपकार्यकारी निर्देशक रामजी भण्डारीलाई दीर्घसेवा दिने निर्णय गरेको हो ।

११ तह (निर्देशक) ७ जना कर्मचारी पनि दीर्घसेवा पदकका लागि छनोट भएका छन् । दीर्घसेवा पाउने निर्देशकहरूमा राजनऋषि कडेल, मदन तिम्सिना, दीर्घायुकुमार श्रेष्ठ, नवराज ओझा, फडिन्द्रराज जोशी, प्रबल अधिकारी र शिवकुमार अधिकारी छन् ।

१० तह (प्रबन्धक) १९ जना कर्मचारीको नामावली स्वीकृत भएको प्राधिकरणले जनाएको छ । यस्तै, ९ तह (उप–निर्देशक) मा कार्यरत २० कर्मचारीलाई पनि दीर्घसेवा पदक दिइने भएको छ ।

दीर्घसेवा पाउने अन्य कर्मचारीमा ८ तह (सहायक निर्देशक) का ७ जना, ७ तहका १८ जना, ६ तहका ३१ जना , ५ तहका १०२ जना छन् ।  ६५ जना ४ तहका, १३५ जना ३ तहका, २ तहका ५४ जना , १ तह (कार्यालय सहयोगी) ११ जना पदक पाउने सूचीमा छन् ।

३५१ जनालाई उपहार पदक दिइने

वार्षिकोत्सवको अवसर पारेर ३५१ जना कर्मचारीलाई उपहार पदक दिने निर्णय प्राधिकरणले गरेको छ । प्राधिकरणको सेवाबाट अनिवार्य तथा स्वेच्छिक अवकास लिएका कर्मचारीलाई उपहार पदक दिन लागिएको हो । 

अवकास लिइसकेका ३२४ कर्मचारीको नाम उपहार पदकका लागि स्वीकृत गरिएको छ । २७ जना कर्मचारीलाई मृत्यु परान्त उपहार पदक दिन लागिएको प्राधिकरणले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit