विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०० मेगावाट विद्युत प्रवाह हुने १९.८५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले आयोजनाको विभिन्न स्थानमा निर्माण भइरहेकाे आयाेजनाकाे विद्युत प्रवाह गर्न १३२/३३ केभी  लालबन्दी-सलेमपुर लाइन निर्माण गर्न लागेको हो । 

मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको लालबन्दी नगरपालिका (साविक नेत्रगञ्ज गाविस) मा सञ्चालित नवलपुर सवस्टेसन देखि सोही जिल्लाको चक्रघट्ट गाउँपालिका (साविक औरही गाविस) को चैनपुरमा प्रस्थावित सवस्टेसनसम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको प्राधिकरणले जनाएको छ ।

अध्ययन पुरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको हो । विभागले अनुमतिपत्रको लागि ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । 

प्रसारण लानइनमा ७० वटा टावरहरु हुनेछ । जमिनको सतहबाट टावरको उचाइ लगभग ३२ मिटर तथा टावरहरबीचको दुरी ३३० मिटर हुनेछ ।

आयोजना निर्माणको लागि कूल ३८.७६२ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमध्ये टावरका लागि १.५७५ हेक्टर, सवस्टेसनका लागि ३.०४४ हेक्टर अधिग्रहण गरिने तथा विद्युत मार्गको अधिकार क्षेत्रका लागि ३४.१४३ हेक्टर जग्गा आवश्यक पर्नेछ । 

प्राधिकरणले प्रसारण लाइनको काम ३० महिन भित्र सम्पन्न गरिने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण गर्दा भू–क्षय, बाढी–पहिरो, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३