विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा निर्माणाधीन ६६.३० मेगावाटको मध्य–कालीगण्डकी जलविद्युत् आयोजनामा इलेक्ट्रो–मेकानिकल उपकरण उत्पादन, आपूर्ति तथा जडानको जिम्मेवारी भारतीय कम्पनी बि–फोरेस प्रालि (बिएफएल हाइड्रो इन्डिया) लाई प्रदान गर्ने सहमति भएको छ ।

प्रवर्द्धक कम्पनी हाइड्रो सपोर्ट प्रालि र बिएफएलबीच फागुन १५ गते शुक्रबार यससम्बन्धी औपचारिक सहमति भएको हो ।

आयोजनाको इलेक्ट्रो–मेकानिकल पक्ष सुनिश्चित भएसँगै निर्माणले थप गति लिने विश्वास गरिएको छ । यो आयोजना विद्युत् खरिद सम्झौता (पिपिए) गर्दा ५४ मेगावाट रहेकोमा पछि क्षमता विस्तार गरिएको थियो ।

यस आयोजनाका लागि सात वटा वित्तीय संस्थाहरूले करिब ११ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भइसकेको छ । नबिल बैंकको अगुवाइमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र हाइड्रो इलेक्ट्रिसिटी एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले लगानी गर्ने छन् ।

आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहने छ । निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ब्याजसहितको कुल लागत १४ अर्ब ८३ करोड ९७ लाख ६३ हजार रुपैयाँ पुग्ने देखिएको छ । जसअनुसार प्रतिमेगावाट लागत करिब २२ करोड ३८ लाख रुपैयाँ कायम हुने अनुमान छ ।

नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको यस आयोजनाको सिभिल निर्माणको काम रसुवा–मल्टी जेभीले सुरु गरिरहेको छ । आयोजनाको डिजाइन अनुसार अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध निर्माण गरी १५१ मिटरको हेडमार्फत नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्‌गृहमा पानी खसालिने छ । आयोजनाका मुख्य संरचनाहरू जस्तै विद्युत्‌गृह, स्विचयार्ड र कन्ट्रोल रुम सबै जमिनमुनि रहने गरी डिजाइन गरिएको छ ।

आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षामा ४.८० रुपैयाँमा पिपिए गरिसकेको छ । वार्षिकरूपमा हिउँदमा १३० गिगावाट घण्टा र वर्षामा २७७ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने प्रक्षेपण गरिएको छ, जसबाट वार्षिक करिब २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने छ ।

उत्पादित विद्युत् ७ किलोमिटर लामो २२० केभी प्रसारण लाइनमार्फत प्राधिकरणले निर्माण गरेको दाना सबस्टेसनमा जोडिने छ । २०८५ असार ७ गतेभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको यस आयोजनाको सम्पन्नतापछि तल्लो क्षेत्रमा ८६ मेगावाटको क्यासकेड आयोजना समेत अघि बढाइने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३