images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मुल्य सुचीअनुसार बुधबारदेखि लागु हुनेगरी मुल्य समायोजन गरेको हो ।

पछिल्लो मुल्य समायोजनअनुसार खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको निगमले जानकारी दिएको छ । यसैगरी, पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले मुल्य बढाइएको छ ।

बढेको मुल्यअनुसार ग्यास प्रतिसिलिन्डर अब १९१० रुपैयाँ पुगेको छ । यस अगाडी ग्यास प्रतिसिलिन्डर १८९५ रुपैयाँ थियो । त्यस्तै पेट्रोल अब पहिलो वर्गमा १६७.५० रुपैयाँ, दोस्रो वर्गमा १६९ रुपैयाँ र तेस्रोमा १७० रुपैयाँ कायम भएको छ ।

यसअघि पेट्रोल पहिलो वर्गमा १६३.५० रुपैयाँ, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १६६ रुपैयाँ थियो । त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १५५.५० रुपैयाँ, दोस्रोमा १५७ रुपैयाँ र तेस्रोमा १५८ रुपैयाँ कायम भएको छ । यस अघि डिजेल र मट्टीतेलको पहिलो वर्गमा १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम गरिएको थियो ।

निगमकाअनुसार इन्डियन आयल कर्पोरेशनले पेट्रोल र डिजेलमा प्रति लिटर क्रमशः ४.५३ रुपैयाँ र २.३२ रुपैयाँले तथा खाना पकाउने एलपि ग्याँस १५.७८ रुपैयाँ बढाएर पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit