विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मोदी–कुश्मा १३२ केभी प्रसारण लाइन तथा १३२ केभीकै ‘बे एक्सपान्सन’ आयोजनाको निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाबाट छनोट भएको कस्मिक इलेक्ट्रिकल लिमिटेडलाई आयोजना निर्माणको जिम्मा दिएको छ, जसको शुभारम्भ आयोजना प्रमुख रोशन अग्रवालको उपस्थितिमा  भएको हो ।

प्राधिकरणको सहजीकरणमा लागत र समयभित्रै यो प्रसारण लाइन तथा एक्स्टेन्सन आयोजनाको निर्माण पूरा गर्ने कम्पनीका प्रबन्ध निर्देशक महेश महतोले बताए । ‘हाम्रो कम्पनीले प्रसारण लाइन निर्माणमा एकपछि अर्को सफल काम गर्दै आएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘हामीसँग सफलतापूर्ण हिसाबले आयोजना पूरा गरी हस्तान्तरण गरेको अनुभव छ, यो आयोजना पनि हाम्रो प्रतिष्ठालाई बिग्रिन नदिई समयमै पूरा गर्ने प्रतिबद्धता गर्छौँ ।’

सर्वसाधारणलाई गुणस्तरीय विद्युत् प्रवाह गर्ने प्राधिकरणको लक्ष्यमा यो आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने महतोको भनाइ थियो । आयोजना प्रमुख अग्रवालले आवश्यक सहजीकरण गरी समयभित्रै निर्माण पूरा गर्न पहल गर्नेमा कम्पनी विश्वस्त रहेको पनि उनले बताए । जसमा, स्थानीयवासी तथा अन्य सरोकारवाला पक्षको उतिकै सहयोग र समन्वयको खाँचो रहेको बताइएको छ । आयोजना निर्माणपछि त्यस क्षेत्रमा दिगो, भरपर्दो र नियमित विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ । साथै, समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत यसले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३