विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । बुधबारदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले जनाएकाे हो । निगमले दुवै थरी इन्धनकाे मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको जनाएको छ । 

घटेको मूल्य अनुसार बुधबारदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ। 

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज पहिलो वर्गका क्षेत्रमा पर्छन् । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने काठमाडौं पोखरा र दिपायल तेस्रो वर्गका क्षेत्र अन्तर्गत पर्छन् । 

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट मंगलबार प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल लिटरमा ३ रूपैयाँ ६३ पैसा घटेर आएको निगमले जनाएको छ। त्यस्तै पेट्रोल लिटरमा एक रूपैयाँ ५१ पैसा र एलपी ग्यास सिलिन्डरमा ९३ रूपैयाँ ६० पैसाले वृद्धि भएर आएको छ। तर यिनको भाउ यथावत नै छ।

मूल्य वृद्धि भएर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोल र ग्यासको भाउ नबढाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३