विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ६, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत्‌गृह (४२.५ र १४.८ मेगावाट) लाई 'आइसोलेटेड मोड'मा सञ्चालन गर्ने तयारी थालेको छ । त्यस क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीका प्रसारणा लाइन भाेटेकाेसी बाढीका कारण क्षतिग्रस्त भएपछि स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापना गर्न यस्तो तयारी गरिएको हाे । 

साञ्जेन जलविद्युत्‌गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्नका निम्ति मेसिनको 'पासवर्ड रिसेट' गर्न आवश्यक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार आवश्यक प्राविधिक सहयोग जुटे सोमबार साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको छ ।

बाढीबाट प्रभावित तथा तत्काल विद्युत् प्रणालीमा जोड्न सम्भव नहुने अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जासहितका वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा नियमित आपूर्ति पुनःस्थापनाको कामसँगै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३