विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागलुङ । वर्षौँदेखि लघुजलविद्युत्‌को भरमा रहेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारणलाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष २ हजार १२० घरमा केन्द्रीय लाइन पुर्‍याइसकेको छ ।

जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय प्रसारणलाइन विस्तार भइसकेको हुँदा अहिले पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको प्राधिकरण बागलुङ वितरण केन्द्र प्रमुख पवन पौडेलले जानकारी दिए । पछिल्लो एक वर्षमा दुई हजार बढी घरमा केन्द्रीय लाइन विस्तार गर्दा ३७ हजार ४१६ ग्राहक बढेको उनको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार १५ करोड ९२ लाख ५२ हजार १७७ रुपैयाँ लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर ०.४ केभी लाइनको संरचना निर्माण गरिएको छ । एक वर्षमा ३७ स्थानमा ट्रान्फर्म जडान भएको पौडेलले जानकारी दिए । जिल्लाभर हालसम्म ८५ प्रतिशत घरमा विद्युत्‌को पहुँच पुगेको भन्दै त्यसमध्ये २९.९ प्रतिशत घरमा मात्र लघुजलविद्युत्‌को प्रयोग भइरहेको उनको भनाइ छ ।

‘बागलुङ वितरण केन्द्रबाट अघिल्लो वर्षदेखि नै पश्चिम बागलुङलाई ‘फोकस’ गरेर लाइन विस्तार गरिरहेका छौँ, यस वर्ष ढोरपाटन र बडिगाडको केही ठाउँमा बत्ती बाल्यौँ सफल भयौँ, लाइन विस्तार धेरै ठाउँमा भएको छ’, प्रमुख पौडेलले भने, ‘अब जिल्लाका सबै दूरदराजमा केन्द्रीय लाइन पुर्याउने काम भइरहेको छ, अझै पनि जिल्लामा करिब ३० प्रतिशतका हाराहारीमा जलविद्युत् नै प्रयोग हुने गरेको छ ।’

केन्द्रीय लाइन विस्तार भएपछि ग्रामीण क्षेत्रका स्थानीय खुसी भएका छन् । केन्द्रीय लाइन जडान गरेपछि लघुजलविद्युत् बिग्रिँदा महिनौँसम्म अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बडिगाड गाउँपालिका–९ का कुलबहादुर क्षेत्रीले बताए । केन्द्रीय लाइन जडान भएपछि बर्खाको समयमा धेरैपटक लाइन जाने गरेको उनको भनाइ छ । पछिल्लो एक महिनादेखि दैनिक २ देखि ५ घण्टा लाइन जाने गरेको क्षेत्रीले गुनासो पोखे ।
 
हालसम्म बागलुङका अधिकांश बस्तीमा केन्द्रीय तथा लघुजलविद्युत्‌को लाइन पुगेको छ । तर निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर भने अन्धकारमै छ । राज्यले उपेक्षामा पार्दा सिंगो गाउँ नै अन्धरकारमा बस्न बाध्य रहेको स्थानीय देवबहादुर विकले बताए । गाउँमा लाइन नहुँदा सामान्य मोबाइल चार्ज गर्न पनि घण्टौँ हिँडेर ढोरपाटन पुग्नुपर्ने उनले गुनासो पोखे । जिल्लाभर ९८ वटाभन्दा बढी लघुजलविद्युत् आयोजना सञ्चालनमा रहे पनि निसेलढोरमा लाइन पुग्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३