विद्युत अपडेट

  • प्राधिकरण : ७६३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२१६२ मे.वा.घन्टा
  • आयात : ११८६२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३६८१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८०१ मे.वा.
२०८१ ब‌ैशाख ३१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबुझाउने २६६८ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालयले बारम्बार ताकेता गर्दा पनि महसुल बुझाउन अटेर गर्ने र ६० दिन भन्दा बढी भएको ग्राहकको लाइन काटेको हो ।

साढे ४ महिनाको अवधिमा कार्यालय अन्तर्गतका १३ वितरण केन्द्रले २६६८ ग्राहकको लाइन काटेको गण्डकी प्रादेशिक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कात्तिक १५ गतेसम्मको अवधिमा यी ग्राहकको लाइन काटिएको हो ।

यी ग्राहकले ५ करोड १३ लाख १० हजार ३९७ रुपैयाँ विद्युत महसुल बक्यौता बुझाउन बाँकी थियो । लाइन काटिएकामध्ये २१३४ जनाले ३ करोड ७१ लाख १० हजार ६८१ रुपैयाँ महसुल बक्यौता बुझाएपछि उनीहरूको लाइन पुनः जोडिएको छ । बाँकीले पनि जरिवानासहितको महसुल बुझाएपछि पुनः लाइन जोडिने प्रादेशिक कार्यालय गण्डकीले जनाकारी दिएकाे छ ।

साढे ४ महिनाको अवधिमा सबैभन्दा बढी पोखरा वितरण केन्द्रले महसुल नबुझाउने ग्राहकको लाइन काटेको छ । केन्द्रले ८४१ ग्राहकको लाइनको काटेको हाे । यी ग्राहकले १ करोड ५५ लाख ९२ हजार ४६० रुपैयाँ महसुल बुझाउन बाँकी थियो । लाइन काटिएकामध्ये ५६३ ग्राहकले जरिवानासहित १ करोड ४ लाख ६ हजार ३१५ रुपैयाा बुझाएपनि पुनः लाइन जोडिएको छ ।

यसैगरी, गोरखा वितरण केन्द्रले ४१ लाख ४१ हजार ३५७ रुपैयाँ बक्यौता उठाउन ३१४ ग्राहकको लाइन काटेको छ । जसमा २६५ जनाले ३५ लाख ७६ हजार ६७३ रुपैयाँ बुझाएपछि लाइन पुनः जोडिएको छ ।

लमजुङ वितरण केन्द्रले पनि १८३ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १९ लाख ५१ हजार १०१ रुपैयाँ बक्यौता महसुल बुझाउन बाँकी थियो । लाइन काटिएकामध्ये १३९ जनाले १५ लाख ३४ हजार ६९६ रुपैयाँ बुझाएपछि लाइन पुनः जोडिएको छ । कावासोतीले पनि १ करोड ७७ लाख ४३ हजार १८० रुपैयाँ बाँकी बक्यौता महसुल असुल गर्न ५१८ ग्राहकको लाइन काटेको छ । यीमध्ये ४७९ जनाले १ करोड ३७ लाख ३८ हजार ३७६ रुपैयाँ महसुल बुझाएपछि उनीहरूको लाइन पुन जोडिएको छ ।

यसैरी, लेखनाथबाट २६ लाख ८७ हजार ९११ रुपैयाँ बक्यौता रहेको ९२, स्याङ्जाबाट ७ लाख ७२ हजार ५९१ रुपैयाँ बक्यौता रहेका १५७, तनहुँबाट ५० लाख २८ हजार ४३८ रुपैयाँ बक्यौता रहेका २३८ ग्राहकको लाइन काटिएको छ ।

पर्वतले ८४, बागलुङले ८०, म्याग्दीले ६७, तातोपानीले २१, आरुघाटले ७३ ग्राहकको लाइन काटेको छ । मनाङ वितरण केन्द्रले भने कुनै पनि ग्राहकको लाइन नकाटेको प्रादेशिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit