काठमाडाैँ । साफ वुमन्स च्याम्पियनसिप–२०२४ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई गरिमा विकास बैंक लिमिटेडले नेपाली टिमलाई प्रतिगोल बराबर १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । नेपालमा फुटबल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
आज (कात्तिक १४ गते बुधबार) दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेल हुँदैछ । बैंकले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रवद्र्धनमा सहयोग गर्दै आएको छ ।