विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस २४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडले स्थानीयका लागि खुल्ला गरेकोे सेयर आवेदन अवधि थप गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि भदौ ३१ गतेदेखि खुल्ला गरेको सेयरमा माग बमोजिम दरखास्त प्राप्त नभएको भन्दै असोज ३० गते सम्मका लागि आवेदन आवधि थप गरेको हो । 

कम्पनीको जारी पूँजी ३ अर्ब २० करोडको २५ प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ८० लाख कित्ता सेयर निष्कासन गरेन कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका स्थानीयका लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३२ लाख कित्ता, अति प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका वडा नम्बर ६ र ७ (तत्कालिन ढोढेनी र फलेनी गाविस) का स्थानीय बासिन्दाका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाको स्थानीय बासिन्दा लागि ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयर निष्कासन गरिएको हो । 

स्थानीयले न्यूनतम १० कित्ता देखि देखि अधित्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । आवेदकले असोज ३० गते सम्म आवेदन दिन पाउँनेछन् । 
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

लगानीकर्ताले ग्लोबल आईएर्क बैंकको दोर्दी र भोर्लेटार तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबी बैंकको भोटेवडा शाखा, सिद्धार्थ, बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । 

कम्पनीको लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माणाधीन छन् । कम्पनीले निर्माणअवधिको ब्याज सहित प्रति मेगावाट लागत १९ करोड २४ लाख ७ हजार ४ सय ७ रुपैयाँ तथा कुल लागत १० अर्ब ३९ करोड अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३