काठमाडौँ । सिक्लेस हाइड्रोपवार लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्मको सञ्चित नाफाबाट बोनस वितरण गर्न लागेको हो ।
कम्पनीले साउन २५ गते बसेको सञ्चालक समितिको बैठकमा सेयरधनीलाई १२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीको बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पूँजिको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गरी अन्य जलविद्युत् आयोजनामा लगानी गर्ने जनाएको छ । त्यसका लागि कम्पनीले विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति भए पाएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय जानकारी दिएको छ ।
कम्पनीले कास्की जिल्लामा १३ मेगावाटको मद्क्यु जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ ।