विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापको लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएकाे ग्रीन भेन्चर्स लिमिटेडले करिब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणमा नाफा कमाएको देखिएको हाे । 

अघिल्लो आव २०७७/७८ मा घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा ९ करोड १९ लाख ७७ हजार ८ सय ३६ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ  । कम्पनीका अनुसार अघिल्लो आवमा ९७ लाख ९९ हजार ८ सय ४५ रुपैयाँले घाटामा थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ९४ करोड ४३ लाख ४३ हजार ८ सय ४७ रुपैयाँ आम्दानी गरेको छ । यस्तै, कम्पनीको नाफा बढे पनि अन्य स्रोतबाट हुने आम्दानी भने घटेको छ । गत आवमा कम्पनीले ५ करोड ९१ लाख २२ हजार ९ सय १० रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवमा ४८ करोड ९६ लाख ८ हजार ९ सय २० रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको रामेछापको लिखु नदीमा निर्माण गरेको लिखु–४ जलविद्युत आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit