विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
भोटेकोसी नदीको बाढी प्रभाव अपडेट

काठमाडौँ । भदौ १० गते भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण नेपाल विद्युत् प्राधिकरणअन्तर्गत चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत सिभिल इन्जिनियर निराजन पंगेनीसहित १९ जना सम्पर्कविहीन भएका छन् । उक्त दिन बिहान ९:२५ बजेदेखि उनीसहित गाडीमा सवार ३ जना बेपत्ता भएका हुन् ।

आयोजना प्रमुख शुभारम्भविक्रम शाहका अनुसार इन्जिनियर पंगेनी, ठेकेदारतर्फका इन्जिनियर देवेश भट्टराई र गाडी चालक सञ्जु चौधरी चढेको बागमती प्रदेश ०१०२५ च ६४९१ नम्बरको टाटा मोटर्सको गाडी हराएको छ । नुवाकोटको बेत्रावतीदेखि बटार आसपासको क्षेत्रमा अन्तिम पटक देखिएको सूचना प्राप्त भएको उनले बताए ।

बेत्रावतीबाट स्वयम् इन्जिनियर पंगेनीसहितको टोलीले सकुशल स्थानतर्फ पठाएका केही व्यक्तिसँगको कुराकानीका आधारमा उनीहरू सोही क्षेत्र वरपर रहेको पुष्टि भएको छ । आयोजनाको किसपाङ–५, पहिरेबेँसीस्थित त्रिशूली ३बी हब सबस्टेसनदेखि शान्तिबजार जाने क्रममा उनीहरू सम्पर्कविहीन भएको जनाइएको छ ।

उनीहरूसँगै ठेकेदार कम्पनीका १६ जना श्रमिक (लेबर) हरू पनि सोही क्षेत्रबाट बाढीका कारण सम्पर्कविहीन छन् । उनीहरूको खोजी कार्य तीव्र पारिएको भए पनि हालसम्म कुनै जानकारी फेला पर्न नसकेको शाहले बताए । साथै, खोजी तथा उद्धारका प्राधिकरणले अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३