विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १२, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लमजुङको दूधपोखरी गाउँपालिकामा निर्माणाधीन २ मेगावाटको चेपे खोला क्यासकेड जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका प्रसारण लाइन निर्माणको प्रक्रिया अघि बढेको छ । विद्युत् विकास विभागले प्रवर्द्धक आशुतोष इनर्जी लिमिटेडलाई उक्त ३३ केभी प्रसारण लाइन आयोजनाको अनुमति पत्र दिने तयारी स्वरूप  वातावरणीय प्रभावबारे सरोकारवालासँग राय सुझाव माग गरेको हो । 

विभागको सूचना अनुसार प्रस्तावित प्रसारण लाइन सोही गाउँपालिकाको वडा नम्बर २ मा रहेको आयोजनाको स्विचयार्डदेखि वडा नम्बर १ मा सञ्चालनमा रहेको ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजनाको स्विचयार्डसम्म निर्माण गरिने छ ।

कुल १.५०१ किलोमिटर लामो रहने यस प्रसारण लाइनमा २३ वटा एंगल प्वाइन्टहरू रहनेछन् । यसमा स्टील ट्युबुलर पोल र एसिएसआर ‘डग’  कन्डक्टरको प्रयोग गरिने छ । आयोजनाले १३ मिटर अग्ला पोलहरू प्रयोग गर्ने र पोलहरू बीचको अधिकतम दूरी ७५.९२ मिटर रहने उल्लेख गरेको छ । यसका लागि राइट अफ वे र पोल फाउन्डेसनका लागि करिब ०.९०८८ हेक्टर जग्गा आवश्यक पर्ने देखिएको छ । विभागका अनुसार यो प्रसारण लाइन निर्माण कार्य सुरु भएको दुई महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वातावरणीय र प्राविधिक दृष्टिकोणले यो आयोजनालाई सुरक्षित बनाउन प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँ/बायाँ ३–३ मिटर गरी कुल ६ मिटरको क्षेत्राधिकार कायम गरिने छ । 

निर्माणका क्रममा भू–क्षय, बाढी र वायु प्रदूषण जस्ता वातावरणीय पक्षमा उल्लेख्य प्रतिकूल असर नपर्ने गरी काम सम्पन्न गर्ने योजना छ । यद्यपि, आयोजनाको निर्माण वा सञ्चालनबाट वातावरणमा प्रतिकूल असर पर्ने देखिएको भए ३५ दिनभित्र विद्युत् विकास विभाग वा प्रवर्द्धक कम्पनीमा आफ्नो लिखित राय प्रतिक्रिया दिन विभागले बिहीबार सूचनामार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३