विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको अडानी समूहले ३० गिगावाट विद्युत् उत्पादन हुने ‘नवीकरणीय पार्क’ निर्माण गरिरहेको छ । समूहले पाकिस्तानसँग सीमा जोडिएकोे गुजरातको ‘कज’ मरुभूमिमा विश्वकै ठूलो पार्क निर्माण गरिरहेको हो ।

यो परियोजना पूरा गर्न ३ खर्ब १५ अर्ब ३ करोड रुपैयाँ (२.२६ बिलियन अमेरिकी डलर) लागत अनुमान गरिएको छ । ७२६ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिने उक्त पार्क ६ महिना अघिबाट निर्माण सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

‘‘कज’ मरुभूमिकाे रनमा निर्माण भइरहेको उक्त पार्क अन्तरिक्षबाट पनि देखिनेछ, यस पार्कबाट २ करोड घरलाई पुग्ने बिजुली उत्पादन हुनेछ, विश्वको सबैभन्दा ठूलो हरित ऊर्जा पार्क निर्माण गरी भारतको नवीकरणीय ऊर्जा विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउँदा गर्व लागेको छ,’ गौतम अडानीले एक्समा लेखेका छन् ।’

अहिले सो परियोजनाको सोलार प्यानल जडान गर्ने, वाइन्ड टर्वाइन बनाउने काम भइरहेको छ ।

यससँगै अडानी समूहले गुजरातमै फ्याक्ट्री स्थापना गरेर सो पार्क निर्माणका लागि चाहिने आवश्यक उपकरण उत्पादन गरिरहेको छ । त्यस नजिकै रहेको यही समूहको वायु ऊर्जा उत्पादन गर्ने फ्याक्ट्रीले पनि एक वर्षमा ३०० टर्वाइन उत्पादन गर्ने लक्ष्य राखेको छ ।

सन् २०२१ मा भएको कोप–२६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०७० भित्र शुन्य कार्बन उत्सर्जनकोे लक्ष्य पूरा गर्ने बताएका थिए । उनले सन् २०३० सम्म ५०० गिगावाट हरित ऊर्जा उत्पादन गर्ने र भारतलाई चाहिने ऊर्जाको ५० प्रतिशत नवीकरणीय ऊर्जाबाट पूरा गर्ने घोषणा समेत गरेका छन् । अडानी समूहले अघि बढाएको यो परियोजनाले उक्त लक्ष्य पूरा गर्न मदत गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३