विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङको दोर्दी खोलामा निर्माण भएको १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको परिक्षण सकिन लागेको छ । दोर्दी जलविद्युत कम्पनीले असार १ गतेदेखि सुरु गरेको आन्तरिक परिक्षण सकिन लागेको हो ।

असार लाग्नसाथ सुरुङ, पाइपलाइनमा पानी भरेर परीक्षण सुरु गरिएको आयोजना निर्माण तथा व्यवस्थापन अधिकृत बिजय खड्काले बताए । ‘परिक्षणको काम अन्तिम चरणमा पुगेको छ’, उनले ऊर्जाखबरसँग भने, ‘आगामी सोमबार (असार २० गते) भित्र सबै परिक्षणको काम सकिन्छ ।’

परिक्षण सकेपनि नेपाल विद्युत प्राधिकरणले विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नगर्दा विद्युत खेर जाने अवस्थामा पुगेको उनले बताए। प्राधिकरणले आयोजनाकाे विदयुत जाेडिने १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन तयार गर्न समय लागेकाले वैकल्पिक रुपमा मध्य मर्स्याङदीको विद्युतगृहको स्वयूचयार्डमा जोडिने भनिएपनि त्यहाँसम्मको लाइनकाे काम पनि नसकिँदा विद्युत खेर जाने अवस्था आएको हो ।

प्राधिकरणले निर्माण अन्तिम चरणमा पुर्याएका बेला गत (२०७८) बर्खामा असार १ गते दोर्दी खोलामा आएको बाढीले प्रसारण लाइनमा ठूलो क्षति गरेकाले दोदी–१ सहित दोर्दी बेसिनमा निर्माण सकिएका जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका अनिश्चित बन्न पुगेको छ ।

प्राधिकरणले बर्खाको बाढीले क्षतिग्रस्त प्रसारण लाइनको ४ वटा टावर एक वर्ष बितिसक्दा पन निर्माण गर्न सकेको छैन । आयोजनाको बर्खाको बाढीअघि २०७८ जेठमा नै निर्माण सम्पन्न गरी आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न आवश्यक परीक्षण गरिएको थियो ।

कम्पनीका अनुसार  बाढीले क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गरेर फेरि परीक्षण पनि सकिन लागेको छ । बाढीले आयोजनाको विद्युतगृहमा क्षति पुर्याएको थियो ।

प्रवर्द्धक कम्पनीले आयोजनाको विद्युतगृहमा क्षतिग्रस्त उपकरणको मर्मत सम्भारको काम सम्पन्न गरिसक्दा पनि प्राधिकरणले प्रसारण लाइनको संरचना तयार गरिसकेको छैन । 

आयोजनामा सानिमा बैंकको अगुवाईमा लक्ष्मी, कृषि विकास, प्राइम कमर्सियल र महालक्ष्मी विकास बैंकको लगानी छ । विद्युत उत्पादन गर्न २५ सय मिटर लामो सुरुङ तथा ७ सय मिटर लामो पेनस्टक पाइप राखी आयोजना निर्माण गरिएको छ ।

प्रसारण लाइनको समयस्याले दोर्दी खोलमा दोदी–१ सँगै २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाको उत्पादन पनि अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३