काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडकाे अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त भएका छन् । असार १४ गते शुक्रबार बसेकाे कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेकाे हाे।
उक्त कम्पनीमा यसअघिका अध्यक्ष सञ्जिव न्यौपानेले आफ्नो कार्यव्यस्तताको कारण राजीनामा दिएका थिए । बैठकले उनकाे राजीनामा स्वीकृत गर्दै नेपाललाई अध्यक्ष नियुक्त गरेको हो । न्यौपानेले अध्यक्ष र सञ्चालक पद समाल्दै आएका थिए ।
बैठकले कम्पनीकाे प्रबन्ध सञ्चालक पदमा सञ्चालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ ।